0%
लोड हुँदैछ...
सूचना

हाम्रो परिचय

हामी समुदायमा आधारित एक अग्रणी वित्तीय संस्था हौं जसले आफ्ना सदस्यहरूलाई विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दै सहकारिताको भावनालाई प्रवर्द्धन गर्दै आइरहेको छ।

विश्वासको यात्रा
हाम्रो बारेमा
२०५० स्थापना
हाम्रो इतिहास
२०५०

हाम्रो इतिहास

हाम्रो गौरवपूर्ण यात्रा

दोलखा जिल्लाको सहकारी अभियानमा जनसचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड को गौरवपूर्ण र प्रेरणादायी इतिहास रहेको छ। सामुदायिक आत्मनिर्भरता, आपसी सहयोग तथा आर्थिक सशक्तीकरणको साझा उद्देश्य बोकेर तत्कालीन हनुमन्तेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री यज्ञराज ढुंगेलको नेतृत्वमा ३४ जना सामाजिक अभियन्ताहरूको सक्रिय सहभागितामा वि.सं. २०५० साल असोज २२ गते जनसचेतनाको स्थापना भएको हो। संस्था वि.सं. २०५० साल मंसिर १ गते जिल्ला सहकारी कार्यालय, धुलिखेलमा दर्ता भएको हो। संस्थाको दर्ता नं. ८१/२०५०/२०५१ रहेको छ।
प्रारम्भमा काब्रे, नाम्दु, मिर्गे र गैरिमुदी क्षेत्रबाट सेवा प्रारम्भ गरेको जनसचेतनाले समयसँगै आफ्नो सेवा र पहुँच विस्तार गर्दै दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर तथा काठमाडौं जिल्लासम्म आफ्नो उपस्थितिलाई विस्तार गरेको छ। हाल संस्थाको केन्द्रीय कार्यालय दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका अन्तर्गत मुख्य व्यापारिक तथा यातायात केन्द्रका रूपमा विकसित हुँदै गएको मैनापोखरीमा अवस्थित छ। मैनापोखरी जिरीलगायत क्षेत्रसँग जोडिएको महत्वपूर्ण व्यापारिक तथा आवागमन केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ। ३४ जना सामाजिक अभियन्ताहरूको साझा सोच र प्रतिबद्धताबाट प्रारम्भ भएको जनसचेतना आज सदस्यहरूको विश्वास, सहभागिता र निरन्तर सहयोगका आधारमा एक स्थापित सहकारी संस्थाका रूपमा अघि बढिरहेको छ।

हाम्रो उद्देश्य

दृष्टि र लक्ष्य

हाम्रो दृष्टिकोण

आधुनिक प्रविधिको प्रयोग तथा जिम्मेवार सहकारी अभ्यासमार्फत प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय वित्तीय तथा गैर-वित्तीय सेवा प्रदान गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा दिगो सुधार ल्याउनु ।

हाम्रो लक्ष्य

“प्रविधिमैत्री, सुरक्षित तथा प्रतिस्पर्धी वित्तीय सहकारी।”

नेतृत्व

नेतृत्वबाट सन्देश

हाम्रो अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतका शब्दहरू

गोपालध्वज श्रेष्ठ

गोपालध्वज श्रेष्ठ

अध्यक्ष

प्रिय मूल्यवान् शेयर सदस्यज्यूहरू तथा सहकारी अभियानका शुभेच्छुक महानुभावहरू,

प्रतिष्ठित जनसचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड (Janasachetan SACCOS) को नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त हुनु मेरो लागि अत्यन्तै सम्मान र गौरवको विषय हो।

यस यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, विश्वास र हौसला प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरू, शुभेच्छुकहरू तथा सहकर्मीहरूप्रति म हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।

हामी सदस्यहरूले राख्नुभएको कुनै पनि जायज आवश्यकता, अपेक्षा र हितलाई अधुरो वा अपूरो राख्ने छैनौँ। संस्थाको स्थापना र विकासका क्रममा तय गरिएको साझा उद्देश्य, मूल्य, मान्यता र सदस्य हितको मूल भावना भन्दा बाहिर गएर कुनै व्यक्तिगत स्वार्थ वा हितलाई प्राथमिकता दिइने छैन।

सुशासनका सवालमा हामी कुनै पनि प्रकारको सम्झौता गर्ने छैनौँ। पारदर्शिता, प्रचलित कानून तथा नियमनको पूर्ण पालना, जवाफदेहिता, समानता तथा समतामूलक व्यवहार, वित्तीय अनुशासन र प्रभावकारी वित्तीय तथा गैर-वित्तीय प्रशासन जस्ता सुशासनका मूलभूत सिद्धान्तहरूलाई व्यवहारमै लागू गर्दै अगाडि बढ्नेछौँ।

हामी सामूहिक कार्य, लोकतान्त्रिक अभ्यास, आपसी विश्वास र जिम्मेवार नेतृत्व मा दृढ विश्वास गर्दछौँ। हाम्रो टिमवर्क, संस्थाप्रतिको निष्ठा र सदस्यहरूप्रतिको ट्रस्टीशिपले आजको अवस्थाबाट अझ सुदृढ र समुन्नत अवस्थातर्फ अघि बढ्न हामीलाई प्रेरित गर्नेछ।

सहकारी तथा क्रेडिट युनियनका अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य, मान्यता, सफल अभ्यास तथा सदस्यकेन्द्रित सहकारी संस्कृतिलाई मार्गदर्शनका रूपमा आत्मसात् गर्दै संस्थाको विनियम तथा दीर्घकालीन लक्ष्यअनुसार निर्धारित उद्देश्य र लक्ष्यहरू हासिल गर्न प्रतिबद्ध रहनेछौँ।

हाम्रो मुख्य व्यवसाय र सम्पूर्ण गतिविधिको केन्द्रबिन्दु शेयर सदस्य हुनेछन्। सदस्यको आर्थिक तथा सामाजिक हित, संस्थाको दिगो विकास र दिगो विकासका लक्ष्यहरू (SDGs) लाई ध्यानमा राख्दै दीर्घकालीन रूपमा सुरक्षित, सक्षम र दिगो संस्था निर्माण गर्ने हाम्रो प्राथमिकता हुनेछ।

संस्थामा देखिन सक्ने कुनै पनि कमजोरी, कमी-कमजोरी वा प्रक्रियागत त्रुटिहरूलाई सदस्यहरूसँगको निरन्तर संवाद, अनुभवी अग्रजहरू तथा सहकारी अभियानका विज्ञहरूको सुझाव र मार्गदर्शनमार्फत सुधार गर्दै जानेछौँ।

यस अवसरमा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूलाई विशेष अनुरोध गर्दछु—संस्थासम्बन्धी कुनै पनि भ्रम, अन्योल, शंका वा गलत धारणा उत्पन्न भएमा अपुष्ट कुरा वा हल्लाको पछि नलागी सिधै संस्थामा सम्पर्क गरी वास्तविक जानकारी लिनुहोस्। कुनै पनि विषयमा स्पष्टता आवश्यक भएमा हामीसँग प्रत्यक्ष संवाद गर्न सदैव स्वागत छ।

संस्थाको हित, सदस्यको हित र सहकारी अभियानको सुदृढीकरणका लागि प्राप्त हुने रचनात्मक सुझाव, स्वस्थ आलोचना तथा सकारात्मक प्रतिक्रियालाई हामी सदैव उच्च सम्मानका साथ ग्रहण गर्नेछौँ।

तपाईंहरूको विश्वास, साथ र सहयोग नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

धन्यवाद।

जय सहकारी!

जय जनसचेतना!

नवराज दहाल

नवराज दहाल

प्रमुख कार्यकारी अधिकृत

आदरणीय शेयर सदस्यज्यूहरू, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाहरू,

जनसचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु।

दोलखा जिल्लामा सहकारी अभियानको प्रवर्द्धन तथा विकासमा गौरवपूर्ण इतिहास बोकेको जनसचेतना जस्तो प्रतिष्ठित संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा सेवा गर्न पाउनु मेरा लागि अत्यन्तै सम्मान र गौरवको विषय हो। संस्थाले स्थापनाकालदेखि नै आफ्ना शेयर सदस्यहरूको सामाजिक तथा आर्थिक उत्थानका साथै संस्थाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रमुख कार्यकारी अधिकृतका रूपमा संस्थाले निर्माण गरेको गौरवपूर्ण विरासतलाई व्यावसायिकता, इमानदारी, जवाफदेहिता, पारदर्शिता र नवीनता सहित थप सुदृढ गर्दै अगाडि बढाउनु मेरो प्रमुख दायित्व हुनेछ।

संस्थालाई वित्तीय रूपमा सबल, सञ्चालनमा प्रभावकारी, सदस्यकेन्द्रित तथा दीर्घकालीन रूपमा दिगो बनाउन हामी निरन्तर कार्य गर्नेछौँ। आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी जोखिम व्यवस्थापन, पारदर्शी वित्तीय अभ्यास तथा चुस्त संस्थागत प्रणालीमार्फत सदस्यहरूलाई अझ गुणस्तरीय र सहज सेवा प्रदान गर्ने हाम्रो प्राथमिकता रहनेछ।

जनसचेतनाको केन्द्रमा सधैँ शेयर सदस्य रहनेछन्। सदस्यका आवश्यकता, अपेक्षा र बदलिँदो परिस्थितिलाई बुझ्दै वित्तीय तथा गैर-वित्तीय सेवाको गुणस्तर, पहुँच र विश्वसनीयता अभिवृद्धि गर्न हामी निरन्तर प्रतिबद्ध रहनेछौँ।

सुशासन, नियामकीय अनुपालन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन हाम्रो व्यवस्थापनका आधारभूत स्तम्भहरू हुनेछन्। सदस्यको विश्वास, संस्थागत अनुशासन र व्यावसायिक व्यवस्थापनबीचको सन्तुलनबाट मात्र दिगो सफलता हासिल गर्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ।

टिमवर्क र सामूहिक प्रयास मा विश्वास गर्दछु। सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी, शेयर सदस्य तथा सम्पूर्ण सरोकारवालाहरूको सहकार्य र योगदानले जनसचेतनालाई आगामी दिनमा अझ सक्षम, प्रतिस्पर्धी र उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

आगामी दिनमा हाम्रो लक्ष्य सुरक्षित, सबल, आधुनिक, समावेशी, सदस्यकेन्द्रित र दिगो सहकारी संस्था निर्माण गर्नु हुनेछ, जसले आफ्ना सदस्यहरूका लागि दीर्घकालीन मूल्य सिर्जना गर्दै समुदायको सामाजिक तथा आर्थिक विकासमा समेत अर्थपूर्ण योगदान पुर्‍याउन सकोस्।

जनसचेतनाप्रति निरन्तर विश्वास, साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरू, सञ्चालक समिति, कर्मचारी, शुभेच्छुक तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।

आउनुहोस्, सबल जनसचेतना र सबल सहकारी अभियान निर्माणका लागि हामी सबै मिलेर अघि बढौँ।

धन्यवाद।

मूल्यहरू

मूल मान्यताहरू

इमानदारिता
पारदर्शिता
सहयोग
उत्कृष्टता
समिति

सञ्चालक समिति

हाम्रो संस्थाको नेतृत्व गर्ने समिति

नारायण प्रसाद दहाल
नारायण प्रसाद दहाल

Narayan Prasad Dahal

वरिष्ठ उपाध्यक्ष
शिवराम ढकाल
शिवराम ढकाल

Shivaram Dhakal

उप सचिव
राजेन्द्र प्रसाद ढुंगेल
राजेन्द्र प्रसाद ढुंगेल

Rajendra Prasad Dhungel

कोषाध्यक्ष
ज्ञान बहादुर तमाङ
ज्ञान बहादुर तमाङ

Gyan Bahadur Tamang

सदस्य
केदार प्रसाद दहाल
केदार प्रसाद दहाल

Kedar Prasad Dahal

सदस्य
सन्तोष प्रसाद बिमली
सन्तोष प्रसाद बिमली

Santosh Prasad Bimali

सदस्य
नारायण बस्नेत
नारायण बस्नेत

Narayan Basnet

सदस्य
विमला दहाल घिमिरे
विमला दहाल घिमिरे

Bimal Dahal Ghimire

सदस्य
३४३६१+
सदस्यहरू
३२+
वर्षको अनुभव
१७+
सेवाहरू
९९%
सन्तुष्ट ग्राहक
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्